Heart ❤️ taching

 

Ram

आज मोबाइलको alarm ले निन्द्रा होइन, मन नै disturb गरिदियो।

अझ अँध्यारो नै थियो, शरीर थाकेको थियो, मन झन् भारी। तर बिहानै उठेर काममा जानु पर्ने बाध्यता थियो। नउठी सुखै थिएन।

आँखा खोलेँ, alarm बन्द गरेँ।

मनले भन्यो— “अझै केही बेर सुत्न देऊ”

तर जिन्दगीले भने— “उठ, जिम्मेवारी पर्खिरहेको छ।”

washroom जाँदा ऐनामा आफ्नै अनुहार हेरेँ।

न मुस्कान थियो, न उत्साह।

बस, बाँचिरहेजस्तो मात्र।

फर्किँदा मोबाइल हातमा लिएँ। समय हेर्न खोजेको थिएँ, तर त्यही बेला एउटा सानो notification आयो—

👉 “You have a new friend request.”

किन हो किन, त्यो एउटा line ले मनलाई छोयो।

नचिनेको नाम, तर कताकता चिनेजस्तो feeling।

सायद म नै धेरै खाली थिएँ, सायद मन नै कसैको presence खोजिरहेको थियो।

एकछिन मोबाइल हेरिरहेँ।

काम, tension, थकान— सबै त्यही क्षण थोरै भए पनि हराए।

त्यो friend request कुनै ठूलो कुरा थिएन, तर

त्यो पलमा मलाई “कोही त मलाई देखिरहेको छ” भन्ने अनुभूति दिलायो।

जिन्दगी अचम्मको छ है…

हामी हरेक दिन alarm ले उठ्छौँ, जिम्मेवारी बोकेर हिँड्छौँ,

तर कहिलेकाहीँ यस्ता साना notification हरूले

मनलाई भन्न आउँछन्— “तिमी एक्लै छैनौ।”

सायद त्यो friend request accept हुन्छ या हुँदैन,

कुरा अगाडि बढ्छ या यहीँ सकिन्छ—

तर त्यो बिहान, त्यो moment,

मेरो मनलाई अलिकति भए पनि हल्का बनायो।

आज alarm ले उठाएको शरीर थियो,

तर friend request ले उठाएको मन।

Post a Comment

Previous Post Next Post

Contact Form