गायिका एलिना चौहानलाई अमेरिकामा स्टेजमै डलरको वर्षा
![]() |
| Eleena chauhan |
काठमाडौँ । चर्चित गायिका एलिना चौहान हाल अमेरिकाको सांगीतिक यात्रामा छिन्। ‘अब हाँस्छ अमेरिका’ नामक कार्यक्रमका लागि उनी केही दिनअघि अमेरिका पुगेकी थिइन्।
टुरको पहिलो प्रस्तुति न्यूयोर्कमा सम्पन्न भयो, जहाँ उनको गीत सुन्दै उत्साहित दर्शकहरूले स्टेजमै डलर उडाएर स्वागत गरे। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा चौहानको कानदेखि स्टेजसम्म डलरले भरिएको दृश्य देखिन्छ।
सोही कार्यक्रममा गायक बद्री पगेनी, प्रताप दास र गायिका कला लम्सालले पनि आफ्नो प्रस्तुति दिएका थिए। दर्शकहरूको उत्साहले कार्यक्रमलाई झन् रंगीन बनाएको सहभागीहरूले बताएका छन्।
अब टोलीको अर्को प्रस्तुति मेरिल्याण्डको बाल्टिमोरमा हुने तय
भएको छ।
Tags:
Entertainment
