काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी गरेका छन्।
हालै सार्वजनिक भएको अमेरिकी दूतावाससम्बन्धी पत्र प्रकरणपछि रानामगरमाथि पदीय आचरण विपरीत कार्य गरेको आरोप लागेपछि उनीविरुद्ध प्रस्ताव दर्ता गर्न दुवै दल सक्रिय भएका हुन्। रानामगरले अमेरिकी दूतावासलाई आफू र अन्य पाँच जनाको भिसा अन्तर्वार्ता मिलाइदिन आग्रह गर्दै पत्र लेखेको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा उनको चरित्रमाथि प्रश्न उठेको थियो।
दो तिहाइ आवश्यक मत
संविधानको धारा ९१(६)(ग) अनुसार उपसभामुखलाई पदबाट हटाउन प्रतिनिधिसभामा उपस्थित सांसदको दुई तिहाइ बहुमत आवश्यक हुन्छ। हाल प्रतिनिधिसभामा २७४ सदस्य सक्रिय छन्। त्यसअनुसार १८३ मत पाउनुपर्ने हुन्छ।
सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेसका ८८, एमालेका ७९, जनता समाजवादीका ७, जनमतका ६, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीका ४–४ सांसदसहित जम्मा करिब १८८ मत पुग्ने अनुमान गरिएको छ। यो संख्या दो तिहाइ बहुमत नजिक भए पनि अझै केही मत निर्णायक हुने देखिन्छ।
विपक्षको विरोध
नेकपा माओवादी केन्द्रले भने यस कदमको तीव्र विरोध गरेको छ। माओवादी नेताहरूले रानामगरलाई हटाउने प्रस्तावलाई संसदीय परम्परा र लोकतान्त्रिक मूल्यविरुद्धको हर्कत बताएका छन्। पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पनि यसलाई संवैधानिक परिषद् कब्जा गर्ने नियत भएको टिप्पणी गरेका छन्।
राजीनामामा अस्वीकार
सत्तारुढ दलले सुरुमा रानामगरलाई स्वेच्छिक राजीनामा दिन दबाब दिएका थिए। तर उनले "प्रतिष्ठामा आँच आउने" भन्दै राजीनामा दिन अस्वीकार गरेकी छन्। यसपछि कांग्रेस र एमालेले हस्ताक्षर संकलनमार्फत पदमुक्तिको
